कोदारी राजमार्ग १० दिनदेखि अवरुद्ध, स्थानीय आक्रोशित


काठमाडाैँ । पहिरोका कारण कोदारी राजमार्ग विगत १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्ग ठप्प हुँदा आवतजावतमा समस्या हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ ।

अवरुद्ध राजमार्गको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्थलगत अनुगमन गरेकी छिन् । सो क्रममा उनले सडक सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी लिएकी थिइन् ।

राजमार्ग अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सडक खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् । १० दिनसम्म पनि यातायात सुचारु हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सडक खुलाउन माग गरेका छन् ।