सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वसिइओ रिमालसँग २५ लाख रुपैयाँ धरौटी माग


काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) मृगेन्द्रनाथ रिमालसँग विशेष अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

आज भएको थुनछेक बहसपछि रिमालसँग २५ लाख रुपैयाँ धरौटी माग गरिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण मुद्दामा रिमाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत बिहीबार काठमाडौं महानगरपालिका ७, सिफलबाट रिमाललाई पक्राउ गरेको थियो । उनी दीपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ परेका थिए ।