अभियान लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर जारी गर्ने, मर्जमा जाने प्रस्ताव पारित


काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ ।

छैठौँ वार्षिक साधारणबाट चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिकित्ता रु. १०० रुपैयाका दरले हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृत गरिएको हो ।

अभियानको साधारण सभाले नियमक निकायको स्वीकृति प्राप्त भएको अवस्थामा जारी गर्ने गरी सञ्चालक समितिको प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । साधारण सभाले मर्जमा जाने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभाले ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग एकआपसमा गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडि बढाउन उपयुक्त देखिएमा यसका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने र गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।