काठमाडौँ । झण्डै २ अर्ब रुपैयाँ हुन्डी कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रुपैयाँ बराबर हुन्डी कारोबार गरेको देखिएको भन्दै धादिङका राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो ।
धादिङको सत्यदेवी–८ घर भई हाल जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका, वडा नं ८ बस्दै आएका रिजाललाई सोही क्षेत्रको राधाकृष्ण मन्दिर नजिकैबाट आज पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
ब्युरोलाई प्राप्त गोप्य सूचनाको आधारमा बैंकिङ कारोबार विश्लेषण गर्दा अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग हुन्डी कारोबार गरेको देखिएको सिआइबीको दाबी छ ।
उनलाई पक्राउ गर्न हिजो नै काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिइएको सिआइबीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्