काठमाडौँ । सुनसरीको कप्तानगन्ज घटनाको विषयमा प्रर्दशन हुन थालेपछि सिरहा र धनुषाको विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, सिरहाले सूचना जारी गर्दै दिउँसो २ बजदेखि अर्को आदेश नभएसम्मका लागि केही क्षेत्रमा कर्फ्यु जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचनामा सिरहाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौक, उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चौकदेखि दक्षितर्फ गोलबजार नगरपालिका–४ को राप्र बहुमुखी क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यु जारी गरिएको उल्लेख छ ।
धुनषाका विभिन्न ठाउँमा पनि अनिश्चितकालीन कफ्र्यु जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले आज साढे ३ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका छन् ।
जारी सूचनाअनुसार उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चौकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वमा बेलौनी रोड– एम.क्यु.स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रि प्राविसम्म, दक्षिणमा नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म र पश्चिममा सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुतमती पुल, बेला, कादरी मस्जिदमा कर्फ्यु लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस्