काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ अंकमा रोकिएको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।
बिहीबार नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ३८ लाख ४३ हजार बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा एभरेष्ट कलर लिमिटेडका लगनीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।
कुल ३३७ कम्पनीको ७५ लाख ४८ हजार ५ सय ९१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्