काठमाडौँ । सिरहाको गोलबजारमा दुई पक्षबीच भएको झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार मृत्यु हुने १५ वर्षिय गणेश यादव रहेका छन्।
सो क्षेत्रमा कर्फ्यु आदेश जारी रहेकै बेला दुई पक्षबीचको तनाव थप चर्किएपछि सुरक्षा अवस्था संवेदनशील बनेको छ। परिस्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको छ।
सुरक्षा निकायले घटनास्थितिलाई नियन्त्रणमा लिन आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्