काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयर मापक सूचक नेप्से परिसूचक ८.९२ अंकले घटेर २६४५.२२ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
शुक्रबार सोलु हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३९ करोड २४ लाख ७८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयरमूल्य ८.५४ प्रतिशतले बढेको छ ।
अप्पर लोहोरो खोला हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.९३ प्रतिशतले घटेको छ ।
कुल ३३३ कम्पनीको ९९ लाख ८ हजार ४९२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६१ करोड ७८ लाख ६२ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्