महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम


काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाली महिलाको निम्ति विशेष मानिने श्रावणको महिनाको अवसरमा श्रावण २३ र २४ गते सञ्चालन गरिएको हो ।

शनिबार र आइतबार बिदाको दिन आयोजित कार्यक्रमले इसेवा प्रयोगकर्ताहरू, सामाजिक सञ्जालमार्फत उपस्थित सहभागीहरूसहित विभिन्न क्षेत्र तथा पृष्ठभूमिकामा रहेका महिलाहरूलाई एकै ठाउँमा ल्याएको कम्पनीको भनाई छ ।

श्रावण महिना र तीजको परम्पराबाट प्रेरित भई आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूका लागि ब्युटिसियनमार्फत मेहेन्दी लगाउने, पोलारोइड फोटो बुथमा स्मरणीय क्षणका फोटोहरू खिच्दै ठाउँको ठाउँ धुलाउने, र विभिन्न खेलहरू खेल्दै आकर्षक पुरस्कार जित्ने जस्ता उत्साहजनक क्रियाकलाप तथा अनुभवहरू उपलब्ध रहेको थियो । यसले सबै उमेर समुहका सहभागीहरूका लागि एक जीवन्त र रमाइलो उत्सवको अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘श्रावण र शृङ्गार’ कार्यक्रम इसेवाको महिनाभरी चल्ने अभियान अन्तर्गत सञ्चालन गरिएको थियो ।

यस अभियानले आफुमात्र नभई अरूलाई पनि आत्मविश्वास बढाउन, लक्ष्यमा प्रोत्साहित भई अघि बढ्न र अरूको जीवनमा सकारात्मक प्रभाव पार्न प्रेरणा दिने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले भनेको छ,“महिलाहरूलाई हरेक दिन कदर र सम्मान गर्ने कम्पनीको प्रतिबद्धतालाई सुदृढ बनाउँदै यस कार्यक्रमले सांस्कृतिक परम्परा र सामुदायिक सहभागितालाई एकै ठाउँमा ल्याउँदै श्रावण र तीजको एक अवीस्मरणीय अनुभव सिर्जना गरेको छ ।”