काठमाडौँ । साताको कारोबारको पहिलाृ दिन सेयरबजार एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ९.०२ अंकले घटेर २६४१.०६ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार सोलु हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड ३७ लाख ६ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य ८.४७ प्रतिशतले बढेको छ ।
कुल ३५२ कम्पनीको एक करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्