काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।
न्यायाधीस बासुदेव आचार्य, हेमन्त रावल र न्यायाधीश विदुर कोइरालाको इजलासले गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
आज अदालतमा उपस्थित भएका गोल्छाको थुनछेक बहसपछि गोल्छालाई अदालतले १ करोड रुपैयाँ धरौटी मागेकाे हाे ।
गोल्छालाई यसअघि जिल्ला अदालत काठमाडौँले पनि १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गोल्छा बीमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ गरी कूल एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।


प्रतिक्रिया दिनुहोस्