कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ७ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख ६ हजार ७०० रूपैयाँमा किनबेच भइरहेको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेर ४ हजार ७४५ रूपैयाँमा कारोबार भइरहेको छ।