प्रभु बैंक घाटामा, खराब कर्जा १५ प्रतिशत पुग्यो


काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०८२ ८३ मा २४ करोड १२ लाख ४३ हजार रूपैयाँ खुद नोक्सानी (घाटा) व्यहोरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१ ८२ मा ८७ करोड २३ लाख २६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढेको छ। अघिल्लो वर्षमा ७ अर्ब १९ करोड ७८ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने गत आर्थि वर्षमा ९ अर्ब २६ करोड ३७ लाख रूपैयाँ पुगेको छ।

यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी पनि १९.८५ प्रतिशतले बढेर १२ अर्ब ६७ करोड १४ लाख रूपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ५७ करोड २८ लाख रूपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षमा बैंकको लाभांश वितरण क्षमता ६ अर्ब ३१ करोड ३१ लाख रूपैयाँ ऋणात्मक छ। अघिल्लो आर्थिक वर्षमा पनि बैंकको लाभांश वितरण क्षमता २ अर्ब ५६ करोड ५४ लाख रूपैयाँ ऋणात्मक थियो।

बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ऋणात्मक छ। बैंकको इपिएस १.०२ रूपैयाँ ऋणात्मक छ। त्यसैगरी, बैंकको खराब कर्जा १५.५५ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रूपैयाँ रहेको छ। बैंकको निक्षेप संकलन ३ खर्ब ४८ अर्ब ४ करोड रूपैयाँ पुगेको छ भने २ खर्ब १४ अर्ब ५४ करोड रूपैयाँमा कर्जा प्रवाह गरेको छ ।