सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शाह,निलम्बित सिइओ थापा र हिमालयन रिइन्स्योरेन्सका गैरे विशेष अदालतमा उपस्थित



काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी राजबहादुर शाह, नेपाल रिइन्स्योरेन्सका निलम्बित सिइओ सुरेन्द्र थापा र हिमालयन रिइन्स्योरेन्सका शशिर गैरे विशेष अदालतमा उपस्थित भएका छन् ।

उनीहरू आज विशेष अदालतमा उस्थित भएका भएन् । उनीहरूको बयान तथा थुनछेक बहस बासुदेव आचार्य, नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा परेको छ ।

राजबहादुर शाहविरुद्ध १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९ सय एक रुपैयाँ चालिस पैसा बिगो दाबीसहित मुद्दा दायर भएको थियो ।

यस्तै नेपाल रिइन्स्योरेन्सका निलम्बित सिइओ सुरेन्द्र थापा विरुद्ध ४ करोड ९० लाख ३ सय २० रुपैयाँ ६० पैसा बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

हिमालयन रिइन्स्योरेन्सको कार्यकारी निर्देशक रहेका गैरे विरुद्ध सिइओ उपशना पौडेल, मनिष कुमार र दीपक श्रेष्ठसहित संयुक्त रूपमा ६ अर्ब ४ करोड चौतिस लाख दुई हजार २ सय ५७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

धरौटीमा छोड्ने वा थुनामा पठाउनेबारे अदालतले आदेश दिने छ ।

हिमालय रिइन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्तालाई हिजो विशेष अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।