दाङ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा रोल्पा जिल्ला कोटगाउँ–६ घर भई हाल दाङको भौवामा बस्दै आएका ६० वर्षीय श्यामबहादुर झाँक्री रहेका छन्।
रोल्पा जिल्ला अदालतले २०७० वैशाख ३१ गते कर्तव्य ज्यान मुद्दामा झाँक्रीलाई २० वर्ष कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका झाँक्रीलाई प्रहरीले खोजी गर्ने क्रममा १३ वर्षपछि दाङको भौवाबाट पक्राउ गरेको हो।
पक्राउ परेका झाँक्रीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गढवामा बुझाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्