भदौ महिनाको लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर


काठमाडौँ । व्यक्तिगत मुद्दती निक्षेपमा अधिकांश वाणिज्य बैंकहरूले भदौ महिनाको लागि साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

भदौ महिनाको लागि १५ ओटा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ५ ओटा वाणिज्य बैंकहरूले भने घटाएका छन् । औसत निक्षेपमा वाणिज्य बैंकहरूको ब्याजदर ४.१३ प्रतिशत रहेको छ । औसत ब्याजदर साउन महिनाको तुलनामा ०.०३१५ प्रतिशतले घटेको हो ।

ब्याजदर घटाएका वाणिज्य बैंकहरू नेपाल बैंकको ४.१५ प्रतिशत, सिटिजन्स बैंकको ३.८५ प्रतिशत, स्ट्याण्र्डड चार्टड बैंकको ३.८ प्रतिशत, कुमारी बैंकको ३.७६ प्रतिशत र सिद्धार्थ बैंकको ३.७६ प्रतिशत ब्याजदर रहेको छ ।

यस्तै, साउनकै ब्याजदरलाई निरन्तरता दिएका बैंकहरू नबिल बैंकको ४.५५ प्रतिशत, प्रभु बैंकको ४.५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.५ प्रतिशत, एनएमबी बैंकको ४.५ प्रतिशत, सानिमा बैंकको ४.५ प्रतिशत, माछापुच्छ« बैंकको ४.५ प्रतिशत, कृषि विकास बैंकको ४.१५ प्रतिशत, नेपाल एसबिआई बैंकको ४.१ प्रतिशत, एभरेष्ट बैंकको ४.०५ प्रतिशत, हिमालयन बैंकको ४ प्रतिशत, लक्ष्मी सनिराइज बैंकको ४ प्रतिशत, एनआईसी एशिया बैंकको ४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४ प्रतिशत, प्राइम कर्मशियल बैंकको ४ प्रतिशत र ग्लोबल आइएमई बैंकको ४ प्रतिशत ब्याजदर रहेको छ ।