काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पाक्षिक २१ करोड ३५ लाख रुपैयाँ घाटा रहेको जनाएको छ ।
निगम सञ्चालक समितिको साउन ३१ को निर्णयअनुसारसाविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएको तर पाक्षिक रूपमा २१ करोड ३५ लाख रुपैयाँ घाटा रहेको जनाएको हो ।
गएको साउन १८ देखि लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको थियो ।
हाल पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ कायम छ ।
त्यस्तै, डिजेल÷मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ छ ।
निगमको बर्गीकरणअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा पर्छन् ।


प्रतिक्रिया दिनुहोस्