चालु आर्थिक वर्षको पहिलो महिना ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ राजस्व सङ्कलन


काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना मै सरकारले ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा सरकारले कर, गैरकर तथा अन्य शीर्षकबाट ९३ अर्ब ४३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना मा राजस्व सङ्कलन ७ अर्ब ९१ करोड ६६ लाख रुपैयाँले बढेको छ । गत वर्ष साउनमा सरकारले ८५ अर्ब ५१ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

सरकारले चालु आर्थिक वर्षमा कर राजस्वबाट मात्रै १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ । साउन महिनामा कर राजस्वतर्फ ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ सङ्कलन भएको छ । यो वार्षिक कर राजस्व लक्ष्यको करिब ६.०७ प्रतिशत हो ।

त्यस्तै, साउनमा गैरकर राजस्वतर्फ ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ सङ्कलन भएको छ । अनुदानबाट २४ करोड ३ लाख रुपैयाँ प्राप्त भएको छ भने अन्य शीर्षकबाट ९७ करोड ७ लाख रुपैयाँ प्राप्ति भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

पहिलो महिना ४१.८८ अर्ब भुक्तानी

राजस्व सङ्कलनसँगै सरकारले चालु आर्थिक वर्षको पहिलो महिना मा ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।

साउनमा सरकारले २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ चालु खर्च गरेको छ भने पुँजीगत अर्थात् विकास खर्चतर्फ १३ अर्ब २८ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ र वित्तीय व्यवस्थातर्फ भने सरकारले १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च गरेको तथ्याङ्क छ ।

गत आर्थिक वर्षको साउनमा सरकारको कुल खर्च ४६ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।