काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीको नाममा रहेको सेयरको लक–इन अवधि आगामी असोज १० गते समाप्त हुने जनाएको छ ।
कम्पनीले जारी गरेको सूचनामा कम्पनीका संस्थापक समूहको ६८ लाख ८५ हजार २८९ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ८ लाख ६० हजार ६ सय ६० तथा कर्मचारीको नाममा रहेको १७ हजार २ सय १३ कित्ता सेयरको लक–इन अवधि २०८३ असोज १० गते समाप्त हुने उल्लेख छ ।
यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्