नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष डा. पौडेललाई आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

डा.पौडेल वरिष्ठ नाक,कान तथा घाँटी विशेषज्ञ पौडेल नेपालगञ्ज मेडिकल कलेज,कोहलपुरमा नाक,कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत थिए ।