काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ९ हजार ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ४ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख १३ हजार ४०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २६० रूपैयाँले बढेर ४ हजार ८५५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्