‘नेपाल हरित रोजगारी मिसन’ सम्बन्धी प्रतिवेदन श्रममन्त्री रामजी यादवसमक्ष पेस


काठमाडाैँ । नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो तथा मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यमा गठित कार्यदलले तयार पारेको “नेपाल हरित रोजगारी मिसन ( नेपाल ग्रिन जब्स मिसन)” सम्बन्धी प्रतिवेदन आज युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसमक्ष पेस गरेको छ।

मन्त्रालयको समन्वयमा सञ्चालन हुने प्रस्तावित मिसनले सबैका लागि हरित सीप तथा मर्यादित रोजगारीका अवसरमा पहुँच सुनिश्चित गर्दै आर्थिक रूपान्तरणको परिकल्पना गरेको छ।

हरित सीप, उद्यमशीलता र लगानीयोग्य परियोजनालाई रोजगारीसँग जोडेर आगामी पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।