नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले पूर्णता पायो, सहसभापतिमा राजेश भक्त श्रेष्ठ


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले पूर्णता पाएको छ ।

महासङ्घभित्रको महत्वपूर्ण मानिने केन्द्रको नेतृत्व केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवप्रसाद घिमिरेले नेतृत्व गरेका छन् ।

सभापतिको हैसियतले घिमिरेले विभिन्न क्षेत्रका अगुवा व्यवसायी र उद्यमीलाई समावेश गरेर कृषि उद्यम केन्द्रलाई पूर्णता दिएका हुन् । समितिको सहसभापतिमा फ्लोरी कल्चर एसोसिएसन नेपालका राजेश भक्त श्रेष्ठ नियुक्त भएका छन् ।

समितिमा कृषि, वन, डेरी, कफी, अलैंची, फ्लोरिकल्चर, मत्स्य, कृषि मेसिनरी तथा विभिन्न जिल्ला उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूलाई समेटिएको छ ।
केन्द्रको सदस्यमा पुरिचन्द्र देवकोटा (जुम्ला उद्योग वाणिज्य सङ्घ,निवर्तमान अध्यक्ष), शङ्कर गिरी (रत्ननगर उद्योग वाणिज्य सङ्घ), सरस्वती राई (नेपाल हब्र्स एन्ड हर्बल उत्पादक सङ्घ), कृष्ण शर्मा (नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ), उमेशचन्द्र सापकोटा (दाना उद्योग सङ्घ) मनोनित भएका छन् ।

आमन्त्रित सदस्यहरूमा दीपेन्द्र पौडेल (काभ्रे उद्योग वाणिज्य सङ्घ),अमित ठाकुर (काठमाडौँ), झलकलाल श्रेष्ठ (पोखरा), मातृका प्रसाद घिमिरे (नेपाल अलैंची व्यवसायी महासङ्घ), अम्बिका प्रसाद अधिकारी (नेपाल मत्स्य व्यवसायी सङ्घ), विश्व बस्नेत (डेरी उद्योग सङ्घ) छन् ।

यस्तै माधवमणि हुमागाईं (नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घ), ओमनाथ अधिकारी (नेपाल कफी व्यवसायी महासङ्घ), रतनबहादुर शाही (कालिकोट उद्योग वाणिज्य सङ्घ), राजेशकुमार अग्रवाल (फर्निचर व्यवसायी), देवेन्द्रलाल प्रधान (उर्वरा भेन्चर्स) सदस्य पनि आमन्त्रित सदस्य मनोनित भएका छन् ।

टिकाप्रसाद घिमिरे (कृषि तथा पशुपंक्षी सङ्घका अध्यक्ष), शेरबहादुर भण्डारी(उर्लावारी उद्योग वाणिज्य सङ्घ,निवर्तमान अध्यक्ष), रविन्द्र वैदार(काभ्रे उद्योग वाणिज्य सङ्घ), रोहित भण्डारी( धादिङ् उद्योग वाणिज्य सङ्घ), होमनाथ तिमिल्सिना(सिन्धुपाल्चोक), राजु अधिकारी(मकवानपुर उद्योग वाणिज्य सङ्घ), तथा कल्याणकुमार जोशी( लालबन्दी उद्योग वाणिज्य सङ्घ) पनि आमन्त्रित सदस्यमा मनोनित भएका छन् ।

तर्कबहादुर शाह(बर्दिया राजापुर), विकास शर्मा (भकुन्डे नमोबुद्ध नगरपालिका), अविनाश सिलवाल, खड्ग श्रेष्ठ(लेटाङ उद्योग वाणिज्य सङ्घ, दिनेशराज रेग्मी(नेपाल वन व्यवसायी सङ्घ,अध्यक्ष), चन्द्रप्रसाद कडरिया (नेपाल किवी उत्पादक सङ्घ झापा) र मन्दु थापा (कफी व्यवसायी महासङ्घ) पनि कृषि उद्यम केन्द्रको आमन्त्रित सदस्य मनोनित भएका छन् ।

समितिका सल्लाहकारमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व उपाध्यक्ष तथा कृषि उद्यम केन्द्रका पूर्वसभापति कृष्ण प्रसाद ताम्राकार, महासङ्घका पूर्वकेन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, केन्द्रका पूर्व सभापति डी.बी. बस्नेत, डा. कृष्णराज जोशी, डा. देवभक्त शाक्य, अनिलकृष्ण श्रेष्ठ तथा राजन शर्मा रहेका छन् ।