महासङ्घको पर्यटन तथा हवाई यातायात समितिले पोखरा र भैरहवा एयरपोर्ट सञ्चालनबारे वृहत छलफल गर्ने


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको पर्यटन तथा हवाई यातायात समितिले पोखरा र भैरहवा एयपोर्ट सञ्चालनको विषयमा सरोकारवाला विषयसँग वृहत छलफल गर्ने भएको छ ।

महासङ्घको सचिवालयमै सबै पक्षलाई बोलाएर आगामी साेमबार छलफल गर्न लागेको हो । सङ्घीय पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रदेश सरकार, उद्योगी व्यवसायीसहित सबै सरोकारवाला निकायसँग छलफल गर्न लागिएको समिति सभापति संघर्ष विष्टले जानकारी दिए ।

उनले भने,“ समितिले छोटो समयमा नै निर्णय गरेर पोखरा र भैरहवा एयरपोर्ट सञ्चालनका विषयमा मात्रै केन्द्रित भएर कार्यक्रम गर्न लागेका हौँ ।”

भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय एयरपोर्ट र पोखराको अन्तराष्ट्रिय एयरपोर्ट सञ्चालको लामो समय भइसक्दा पनि नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन ।

सभापति विष्टले भने,“ विमानस्थल बने पनि सञ्चालनका लागि चाहिने आवश्यक तयारीहरूका कुरा छन् । यसलाई कसरी सञ्चालन गर्नेभन्ने विषयमा हामी वृहत छलफल गर्न लागेका हौँ ।”

पूर्णता पाएसँगै महासङ्घका विभिन्न समितिले आफ्नो सक्रियता देखाउन सुरु गरेका छन् ।