काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयर मापक सूचक नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ३७ लाख ३० हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी दुई कम्पनीको सेयरमूल्य क्रमश १४.९९ प्रतिशत र १३.८६ प्रतिशतले बढेको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ ।
कुल ३४४ कम्पनीको एक करोड २२ हजार ७६५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ७६ लाख १८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्