सुनचाँदीको भाउ बढ्यो


काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ ।

आज सुन तोलामा दुई हजार आठ सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य प्रतितोला एकसय २० रुपैँयाले बढेको छ । आज चाँदी तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ ।