काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन । स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन्। आइतबार (आज) बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी केही समयपछि मृतअवस्थामा फेला परेको परिवारले जनाएको छ ।
परिवार र स्थानीयले खोजी गर्ने क्रममा घरबाट करिब ६० मिटर पछाडिको झाडीमा उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरीले निरीक्षण तथा प्रमाण संकलनसँगै घटनासँग सम्बन्धित व्यक्तिहरूमाथि सोधपुछ सुरु गरेको छ।प्रहरीकाअनुसार बालिकाको मृत्युको कारण अझै खुलेको छैन। घटनापछि स्थानीयमा त्रास र शोक छाएको छ।


प्रतिक्रिया दिनुहोस्