नयाँ नामी बक्स ‘नाडा अटो साे-२०२६’ मा सार्वजनिक हुने,कुन माेडेलसँग हुनेछ प्रतिस्प्रधा ?


काठमाडौँ । नामीले आगामी नाडा अटो साे २०२६ मा नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्स आफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो क्याबिन, आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो।

यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा याे लोकप्रिय बनेकाे छ ।

नेपालका सडकमा हालसम्म २,००० भन्दा बढी नामी सवारीसाधन सञ्चालनमा आइसकेका छन्।

नामी भिगो इ२ को सार्वजनिकरणपछि अब नयाँ नामी बक्सले अझ परिष्कृत र आकर्षक सुविधासहित यो यात्रालाई निरन्तरता दिने अपेक्षा गरिएको कम्पनीले जनाएकाे छ ।

नयाँ नामी बक्स का सम्पूर्ण फिचर्स, स्पेसिफिकेसन र मूल्य नाडा अटो साे २०२६ मा सार्वजनिक गरिनेछ।

अन्तर्राष्ट्रिय रिभ्युहरू हेर्दा Dongfeng Nammi 01 (नेपालमा Nami Box) लाई “कम मूल्यमा धेरै फिचर दिने EV” भनेर प्रशंसा गरिएको छ।

समीक्षकहरूले विशेष गरी यसको फ्रेमलेस ढोका, लुकाइएका डोर ह्यान्डल, ठुलो १२.८ इन्च स्क्रिन, फराकिलो केबिन र आकर्षक डिजाइनलाई यसको बलियो पक्ष मानेका छन्।

धेरै रिभ्युमा यो सानो आकारको कार भए पनि भित्री ठाउँ अपेक्षाकृत ठुलो भएको उल्लेख गरिएको छ ।

नेपालको सन्दर्भमा भने नयाँ नामी बक्सले आफूलाई बिवाइडी डल्फिन भन्दा केही सस्तो तर सुविधाको हिसाबले नजिक र टाटा पञ्च इभीभन्दा बढी सहरी प्रयोगमैत्री, आधुनिक तथा आकर्षक डिजाइन भएको विकल्प का रूपमा स्थापित गर्ने प्रयास गर्ने देखिन्छ ।

चीनमा नयाँ नामी बक्सलाई साना तथा किफायती विद्युतीय सवारीसाधनहरूको वर्गमा पर्ने बिवाइडी सिगल र जिली जियोम सिङयुआन जस्ता मोडलहरूको प्रत्यक्ष प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।