सनराइन फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा


काठमाडौँ । लक्ष्मी सन्राईज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइन फोकस्ड इक्वीटि फण्डले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लक्ष्मी सनरनइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा लक्ष्मी सन्राईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त फण्डले करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको १६५औँ बैठकले आर्थिक वर्ष २०८२÷८३ का लागि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

फण्डले लाभांश वितरणसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी योग्य इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने जनाएको छ।