काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ३ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य ३ लाख २२ हजार ७०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर ४ हजार ९६५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्