काठमाडौँ । सरकारले २७ जना सह–सचिवको सरुवा गरेको छ ।
भदौ ३ मा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवलाई सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरुवा भएका सहसचिवहरूलार्य विभिन्न ठाउँमा खटाइएको छ । सरुवा भएकामध्ये २ जना अर्थ मन्त्रालय भित्रिएका छन् ।
नेपाल प्रशासन सेवाका वेदप्रसाद भण्डारी र राजेन्द्र देव पाण्डेलाई अर्थ मन्त्रालय लगिएकाे छ ।
भण्डारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए भने पाण्डे भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थिए ।




प्रतिक्रिया दिनुहोस्