आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण



काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९० पैसा र बिक्रीदर १५३ रुपियाँ ५० पैसा, युरोपियन युरो एकको खरिददर १७८ रुपियाँ ३५ पैसा र बिक्रीदर १७९ रुपियाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपियाँ ४६ पैसा र बिक्रीदर २०९ रुपियाँ २८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपियाँ ५७ पैसा र बिक्रीदर १९१ रुपियाँ ३१ पैसा तोकिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ ५५ पैसा र बिक्रीदर १०९ रुपियाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ ५३ पैसा र बिक्रीदर ११० रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ३६ पैसा र बिक्रीदर १२० रुपियाँ ८३ पैसा जापानी येन १० को खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७४ पैसा र बिक्रीदर २२ रुपियाँ ८३ पैसा विनिमयदर तोकिएको छ ।

यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७२ पैसा र बिक्रीदर ४० रुपियाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९४ पैसा र बिक्रीदर ४२ रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६३ पैसा र बिक्रीदर ४१ रुपियाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७ रुपियाँ ९७ पैसा छ ।

कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ ४५ पैसा र बिक्रीदर ५०० रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ५४ पैसा बिक्रीदर ४०७ रुपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ १६ पैसा र बिक्रीदर ३९८ रुपियाँ ७२ पैसा विनिमय दर तोकिएको राष्ट्र बैंकले जनाएको छ ।