काठमाडौं । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन पुँजी बजारको सुदृढीकरणसँगै नीतिगत र कानुनी सुधार आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसले आयोजना गरेको ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै अर्यालले पुँजी बजारलाई स्रोत परिचालन र लगानीको प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताए ।
उनले व्यवसाय विस्तारका लागि व्यक्तिगत स्रोत, पारिवारिक ऋण र बैंक कर्जाले मात्र पर्याप्त नहुने भन्दै पुँजी बजार प्रभावकारी विकल्प बन्न सक्ने उल्लेख गरे । पुँजी बजार शेयर खरिद–बिक्रीमा मात्र सीमित नभई प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, एन्जल इन्भेस्टर, क्राउड फन्डिङ र आईपीओलगायतका संयन्त्रसमेत यसको हिस्सा रहेको उनको भनाइ छ ।
नेपालमा आयोजना हुने लगानी सम्मेलनले मात्र विदेशी लगानी आकर्षित गर्न नसक्ने तर्क गर्दै अर्यालले लगानीकर्ताको विश्वास जित्नुअघि कानुन, नियम, प्रक्रिया र नियमन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्