काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २२ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख २२ हजार १०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ७५ रूपैयाँले बढेर ४ हजार ९७५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्