काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै समुहको सेयरमूल्य घटेको छ ।
चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ५६ लाख ८७ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
रसुवागढी हाइड्रोपावर कम्पनी र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत र १४.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३४८ कम्पनीको एक करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्