घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २२ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख २० हजार ९०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर ४ हजार ९६५ रूपैयामा कारोबार भइरहेको छ ।