काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक १.०४ अंकले घटेर २५५७.३१ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ करोड ७५ लाख ९१ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.४५ प्रतिशतले घटेको छ ।
कुल ३४८ कम्पनीको एक करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्