काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा जैविक सुरक्षाका लागि औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा मन्त्री गिता चौधरीले सो प्राविधिक टोली परिचालन गरेकी हुन् ।
त्यसैगरी, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, पेशागत संघसंस्था, उद्यमी तथा व्यवसायी, पशु कल्याणसम्बन्धी संस्था, निजी पशु सेवाकर्मी तथा नागरिक समाजलाई समेत विपद्को समयमा सहकार्य गर्न पशु सेवा विभागले आह्वान गरेको छ।


प्रतिक्रिया दिनुहोस्