काठमाडाैँ । बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयले अपील गरेकाे छ ।
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभाबी अनधिकृत क्युआर कोड र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।
विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिन अनुरोध गरेकाे हाे ।
सहयोगका लागि सरकारका तर्फबाट आधिकारिक रूपमा सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरणहरूमा राख्न अनुराेध गरेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्