काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपाल प्रालिले रु. १५ करोड सहयोग गरेको छ। कम्पनीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
पूर्वजानकारीसहित कोषमा उपलब्ध गराइएको यो रकम निजी क्षेत्रबाट प्राप्त सहयोगमध्ये सबैभन्दा ठूलो भएको जनाइएको छ।
सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले अर्थमन्त्री वाग्लेलाई रु. १५ करोडको चेक हस्तान्तरण गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्