काठमाडौँ । भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा चुनौती भएको छ ।
काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह पनि भरिन थालेको छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीले अब १० भन्दा बढी शव राख्न सकिने बताए।
‘उनले भने हाम्रो शवगृहको क्षमता १५० हो। ८० ओटा शव पहिल्यै राखिएको छ अब १० शव मात्रै राख्न सकिन्छ,’
चौधरीका अनुसार, अहिलेसम्म रसुवा बाढीका ६० वटा शव त्रिवि शिक्षण अस्पतालमा ल्याइएका छन् । जसमध्ये ८ वटाको पहिचान भइसकेको छ भने २८ वटाको पोस्टमार्टम भइरहेको छ । अब बढीमा १० वटा शव अट्न सक्ने डा। चौधरीले जानकारी दिए ।
सबै गरेर त्रिवि शिक्षण अस्पतालको शवगृहमा १४० शव पुगेका छन्। अब यसभन्दा बढी शव राख्न नसकिने अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्