पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरू)


काठमाडाैँ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका १०२ जनामध्ये हालसम्म १६ जनाको शव सनाखत भएको छ । पोखरा लगिएका १०२ शवमध्ये १६ जनाको मात्रै सनाखत भएको हो ।

पहिचान हुन नसकेका बाँकी शवहरूलाई पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित सिंचाईको स्वामित्वमा रहेको जमिनमा समाधिस्थ गर्ने तयारी भइरहेको छ । शव व्यवस्थापनका लागि हाल उक्त स्थानमा तीनवटा एक्साभेटर प्रयोग गरी खाडल खन्ने कार्य भइरहेको छ ।

भदौ १० गतेको प्राकृतिक विपत्तिमा परी उनीहरूको निधन भएको थियो । पहिचान हुन नसकेका मृतकहरूको शव व्यवस्थापनका लागि स्थानीय प्रशासनले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । –न्युज एजेन्सी नेपाल