बिराट ग्रुप अन्तर्गत बिराट मेडिकल कलेजसहितका संस्था र कर्मचारीद्वारा बाढीपीडितका लागि रू.७८ लाख सहयोग


काठमाडौँ । बिराट ग्रुप अन्तर्गत रहेका बिराट मेडिकल कलेज, नर्सिङ कलेजसहितका संस्थाले भोटेकोशी बाढी पीडितको राहतका लागि ७८ लाख रुपैयाँ सहयोग गरेका छन् ।

बिराट ग्रुप अन्तर्गत रहेका संस्थाका कर्मचारीले एक दिनको तलब बराबर र सबै कर्मचारीले उठाएको रकम बराबर संस्थाले थपेर कोषमा सहयोग गरिएको बिराट मेडिकल कलेजका सञ्चालक प्रा.डा. ज्ञानेन्द्रमानसिंह कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीले भने,“ हाम्रा सबै कर्मचारीले एक दिनको तलब बराबरको रकम र कुल उठेको रकममा सोही बराबर संस्थाले थपेर प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेका हौँ ।”

बाढी पीडितलाई कलेजले निशुल्क उपचार गर्ने घोषणा पनि गरेको छ । भदौ १० गते भोटोकोशीमा आएको बाढीले रसुवा र नुवाकोटसहितका क्षेत्रमा ठुलो जनधनको क्षति गरेको छ ।