नेपाल बैंक लिमिटेडमा सञ्चालक समिति हेरफेर


काठमाडौँ । नेपाल बैंक लिमिटेडमा सञ्चालक समिति हेरफेर भएको छ ।

बैंकमा अर्थ मन्त्रालयले पिताम्बर भण्डारी र देवराज जोशी तथा सर्वसाधारण सङ्गठित संस्था कर्मचारी सञ्चय कोषको तर्फबाट सुवाष खडका नियुक्त भएका हुन् ।

अर्थ मन्त्रालयले यसअघिका सञ्चालक समिति सदस्य शोभाकान्त पौडेल र अमृत लम्साल र कर्मचारी सञ्चय कोषबाट जीवन कुमार कट्वाललाई फिर्ता बोलाएर नयाँ सञ्चालक समिति सदस्य पठाइएको हो ।