रसुवा। काठमाडौंबाट धुन्चे प्रवेश गर्ने एकमात्र वैकल्पिक मार्गअन्तर्गत रसुवाको नौकुण्ड गाउँपालिका–३ घिचेटमा जाम भएका सवारीसाधनलाई डोजरको सहायताले पठाउन थालिएको छ।
प्राकृतिक विपत्तिका कारण मुख्य सडकमा आवागमन प्रभावित भएपछि वैकल्पिक मार्गबाट धुन्चे प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधनको चाप बढेको हो। घिचेट क्षेत्रमा सवारीसाधन जाम भएपछि डोजर परिचालन गरी बाटो खुलाउँदै सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाइएको छ।
स्थानीय प्रशासन तथा सम्बन्धित निकायले सडकको अवस्था हेरेर सवारीसाधन सञ्चालनमा सहजीकरण गरिरहेका छन्। यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण स्थानमा सावधानी अपनाउन आग्रह गरिएको छ।







तस्बिर : शंकर भुजेल/नेपाल फोटो सर्भिस


प्रतिक्रिया दिनुहोस्