काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले मातहतका सबै योजनाहरूबाट १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ ।
बिजी ग्रुपका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो ।
ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा कार्यकारी अध्यक्ष बटु लामिछानेले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ बराबरको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे ।
बिजी ग्रुपका कार्यकारी अध्यक्ष बटु लामिछानेले बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय रूपमा ठुलो जनधनको क्षति भएको भन्दै सहयोग रकमले प्रभावित नागरिकको राहत तथा उद्धारमा केही भए पनि योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
कार्की ऊर्जा तथा जलविद्युत् क्षेत्रसँग लामो समयदेखि जोडिएका व्यवसायी हुन् भने लामिछाने उद्योग तथा व्यवसाय क्षेत्रसँगै निजी क्षेत्रको प्रतिनिधित्वमा सक्रिय व्यवसायीका रूपमा परिचित छन् ।
बिजी ग्रुपअन्तर्गत ५ वटाभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न व्यवसायिक उद्योग र कम्पनीहरू सञ्चालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्