मंगलबार ८० व्यक्ति तथा संस्थाले अर्थमन्त्रीमार्फत गरे साढे २५ करोडभन्दा बढी सहयोग


काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार मात्रै ८० व्यक्ति तथा संस्थाले अर्थ मन्त्रालय पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कुल २५ करोड ६७ लाख ८४ हजार ६९७ रुपैयाँ ७२ पैसाको चेक हस्तान्तरण गरेका हुन् ।

बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ।