काठमाडाैँ । आन्तरिक राजस्व विभागले भदाै १६ गतेकाे करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेकाे छ।
चालु आर्थिक वर्षदेखि हरेक महिनाको पहिलो दिन र हरेक १६ गते गर्दै आएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर गर्दै स्थगित गरेकाे जनाएकाे छ ।
उक्त प्रोत्साहन कार्यक्रमको यो १५ दिनसहित भदौ महिना भरिको विजेता आगामी असोज १ गते घोषणा गर्ने निर्णय भएको आन्तरिक राजश्व विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्