आजको संसद् बैठकमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्दै


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।

संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनमा भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कामबारे जानकारी गराउने कार्यसूचि रहेकाे सचिवालयले जनाएकाे छ ।

पछिल्लो विवरणअनुसार बाढीमा परी हालसम्म १ हजार ११३ जनाको शव फेला परेको छ भने ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्।

बैठकमा बाढीबाट भएको क्षतिबारे सभामुखबाट विशेष प्रस्तावसमेत प्रस्तुत हुने सम्भावित कार्यसूची छ।