१५ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ९४ करोड रूपैयाँभन्दा बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १४ करोड १७ लाख ८५ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ११.८७ प्रतिशतले बढेको छ ।

कुल ३५४ कम्पनीको ७२ लाख ६८ हजार २०२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।